काठमाडौं, ५ असार । ललितपुरको ग्वार्को चोकमा ओभरपासको काम सम्पन्न भएको छ ।
ओभरपासको भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीका अनुसार आयोजना शुक्रबार नै सरकारलाई हस्तान्तरण गरिनेछ ।
यो ओभरपास २०७८ फागुन १२ मा शुरू भएको सम्झौताअनुसार २ वर्षमा सम्पन्न हुनुपर्ने थियो । सम्झौताको म्याद २०८० फागुन १२ मा सकिए पनि काम पूरा नभएपछि पहिलो पटक २०८१ पुस ८ सम्म म्याद थप गरिएको थियो ।तर, उक्त अवधिमा पनि निर्माण सम्पन्न नभएपछि सडक विभागले गत पुस १० देखि निर्माण कम्पनीलाई दैनिक ०।०५ प्रतिशत ९करिब ८५ हजार रूपैयाँ० हर्जाना तिराएर काम गराइरहेको थियो । हर्जाना तिरेर २०० दिनसम्म काम गर्न पाइने व्यवस्था छ । १७ करोड ६ लाख ८८ हजार लागतमा बनेको यो ओभरपासले ग्वार्को चोकको चर्को ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ ।
अब कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्