जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १८:३७

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको लोगो सार्वजनिक


काठमाडौं, असोज ३० । प्रवासी नेपाली मञ्च (ओएनएफ) को प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी कात्तिक १९ र २० गते काठमाडौंमा हुन लागेको मञ्चको प्रथम महाधिवेशको लोगो आज नेकपा एमालेका उपमाहसचिव विष्णु रिमालले एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो ।

नेपाल र नेपाली भावनासंग जोडिएको यस लोगोमा आधा धर्ति ओगटेको महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को आधा धर्ति ओगटेको पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भागलाई छेउछेउमा रहेको सूर्यले विकास र उज्यालो भविष्यको प्रतिक र पूर्ण गोलार्धभित्र नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक मनोरम शुन्दरता, मठ, मन्दिर र साँस्कृतिक सम्पदाको छटाले भरिपूर्ण काठमाडौंको काखमा यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न हुँदैछ भन्ने सन्देश दिनखोजेकोछ ।

आफ्नो मुख्य नाराको रूपमा प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले “सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली” लाई अधिवेशनको मूल नारा बनाईएको छ ।

ओएनएफका प्रचार बिभाग प्रमुख प्रभुराम थापाका अनुसार प्रथम ऐतिहासिक अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि–बिधान तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ। महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रथम अधिवेशनको लोगो लोकार्पण सम्बन्धि प्रेस विज्ञप्ति
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन यहि ५–६ नोभेम्बर २०२२ अर्थात कार्तिक १९–२० २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा आयोजना हुन गईरहेको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन पाउंदा हामीलाई खुशि लागेकोछ । यस अधिवेशनको समुद्घाटन नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने छ ।

दुई दिनसम्म चल्ने यस अघिवेशनमा प्रवासी नेपाली मञ्चका संसारभरीका संगठनहरुबाट चुनिएर करिव ३५०जना प्रतिनिधिको सहभागिता रहनेछ । यस अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू वनाईएका छन भने नेपालमा सम्पर्क कार्यलय वाट अधिवेशनको तयारी शुरू भैसकेको अवस्थामा अधिवेशन विशेषको प्रतिक चिन्ह ‘लोगो’ लाई आज नेकपा एमालेका उपमाहसचिव विष्णु रिमालले एक कार्यक्रमको विच सार्वजनिक गर्नभयो ।

नेपाल र नेपालि भावनासंग जोडिएको यस लोगोमा आधा धर्ति ओगटेको महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को आधा धर्ति ओगटेको पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भागलाई छेउछेउमा रहेको सूर्यले विकास र उज्यालो भविष्यको प्रतिक र पूर्ण गोलार्धभित्र नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक मनोरम शुन्दरता, मठ, मन्दिर र साँस्कृतिक सम्पदाको छटाले भरिपूर्ण काठमाडौंको काखमा यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न हुँदैछ भन्ने सन्देश दिनखोजेकोछ । आफ्नो मुख्य नाराको रूपमा प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले “सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली” लाई अधिवेशनको मूल नारा बनाईएको छ ।

यस प्रथम ऐतिहासिक अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि–बिधान तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ। हाम्रो संगठनको यो प्रथम महत्वपूर्ण र ऐतिहासिक यस अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न यहाँहरुको क्षेत्रबाट व्यापक रूपले प्रचारप्रसार गरि अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग प्राप्त हुने अपेक्षा समेत गर्दछौं ।

हार्दिक धन्यवाद सहित
प्रभुराम थापा सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी

मितिः १६ अक्टोवर २०२२/३० असोज २०७९