मस्को, १ कात्तिक । युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भाग्नुभएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाड्नुभएको हो । मारिनाले देश छाडेको उहाँका वकिलले पुष्टि गरेका छन् । ‘
ओभ्स्यान्निकोभा र उहाँकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाड्नुभएको हो । उहाँहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भन्नुभयो ‘उनीहरू ठीक छन्। तिनीहरू सार्वजनिक रूपमा कुरा गर्न नसकेसम्म पर्खिरहेका छन्, तर अहिलेको लागि यो सुरक्षित छैन’, उहाँले थप्नुभयो ।
‘पुटिन एक हत्यारा हुन । उनका सिपाहीहरू फासीवादी हुन्’ लेखिएको पोस्टर बोकेर क्रेमलिन नजिकै जुलाईको मध्यमा एक्लै विरोध प्रदर्शन गरेपछि उहाँलाई अगस्टदेखि घरमै नजरबन्द गरिएको थियो ।
च्यानल ओनकी पूर्व सम्पादक मारिनाले सन्ध्याकालीन समाचारको समयमा ‘नो वार’ लेखिएको पोस्टर देखाउनुभएको थियो । कानून प्रवर्तनले ४४ वर्षीया मारिनालाई रुसी सशस्त्र सेनाको बारेमा गलत सूचना वितरण गरेको आरोप लगाएको थियो । उक्त आरोप पुष्टि भएमा उहाँलाई १० वर्षको वर्षको जेल सजाय हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्