जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार १९:०५

कानून मिच्नेमा गगन सवैभन्दा अगाडि, यस्तो छ तथ्य


काठमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कानून मिच्ने अटेरी नेतामा पहिलो नम्बरमा दर्ज हुनुभएको छ । निर्वाचन आयोगले कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेसँगै यो तथ्य उजागर भएको हो ।

आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ुकुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुनेु व्यवस्था रहेको छ ।

‘डेंगु महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईं आफैंले गर्न पाउने कानूनी व्यवस्था छैन। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुनेगरी कुनै काम गर्छु भनि वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईंलाई छैन भनि आयोग विश्वस्त हुन सक्दैन, स्पष्टीकरण पत्रमा भनिएको छ।

पुनः निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य भएको देखिएकाले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न थापालाई निर्देशनसमेत दिइएको छ । काठमाडौं ४ का मतदाता एमाले उम्मेदवार डा. राजन भट्टराईतर्फ आकर्षित भएपछि थापाले अनेक आश्वासन बाँडिरहनु भएको छ ।