जनता टाइम्स

१२ कार्तिक २०७९, शनिबार १०:४६

नवराज सिलवाल : जनताको सेवामा लागेको एउटा दमदार नेतृत्व


नवराज सिलवाल एउटा चिरपरिचित नाम । सुरक्षा संयन्त्रको बागडोर कसलाई दिने भनेर देश दुई ध्रुवमा विभाजन भइरहेको बेला अनेकन राजनीतिक चेलखेलको चेपुवामा परेर राजनीतिको विकृत परिभाषालाई पुनर्परिभाषित गर्ने उद्देश्यसहित जनताको सेवामा लागेको एउटा दमदार नेतृत्व ।

मानव समाज र जीवनका हरेक आयामहरुमा आफूलाई सफल रुपमा उभ्याएको नेतृत्व । नवराज सिलवालले त्रिभुवन विश्व विद्यालयबाट सामान्य प्रशासनमा अनि अमेरिकाको भर्जिनिया विश्वविद्यालयबाट कानूनमा मास्टर्स गर्नुभएको छ । श्रीलंकाको कोलम्बो विश्वविद्यालय भारतको जवरलाल नेहरु विश्व विद्यालय जर्मनीको होम्वर्क विश्वविद्यालय,स्वीडेनको फल्कवर्नान्ट एकेडेमी, पुवी टिमोरको लोरोसो कलेज,नेपालको काठमाडौं विश्व विद्यालय, अमेरिकाको एविआइ एकेडेमीलगायत विश्व प्रसिद्ध विश्व विद्यालयहरुमा भिजिटिङ प्रोफेसरको रुपमा काम गर्नुभएका सिलवाल पिएचडि स्कलर पनि हुनुहुन्छ ।

आस्थाको पहाड, श्वदविहीन आवाज, थोत्रो छातालगायत साहित्य र अनुसन्धानको क्षेत्रमा आधा दर्जन कृति निकाल्नुभएका सिलवाल संयुक्त राष्ट्र संघको हेड क्वाटरमा विज्ञ सदस्यको रुपमा काम गरिसकेका व्यक्ति हुनुहुन्छ । सिलवाल राष्ट्रको सवोच्च पुरस्कार सुप्रवल जनसेवाश्री, संयुक्त राष्ट्र संघ पुरस्कार, गोरखा दक्षिणवाहु तेश्रो र चौथो, त्रिशक्ति पट्ट दोश्रोलगायत दर्जन बढी राष्ट्रिय अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित व्यक्ति पनि हुनुहुन्छ ।

गरिवी, अशिक्षा र द्वन्द्वबाट गुज्रेका संसारका विभिन्न समुदायको अर्थ व्यस्था सुर्धान, शिक्षाको स्तर उकास्न अनि शान्ति स्थापना गर्ने सवालमा थुप्रै काम गरेको अनुभव उहाँसँग छ । स्वास्थ्यमा देखिएको विकृति, नक्कली चिकित्सकहरुको सञ्जाल भत्काउन, सुन तस्करहरुको गहिरो सञ्जाल तोड्न, एटिएम ह्याकिङहरुको ठूलो गिरोहहरुलाई ध्वस्त पार्नेलगायतका दर्जन बढी सम्झनलायक कामहरु उहाँले सुरक्षा सेवाको कार्यकालमा गर्नुभएको छ ।

अनुसन्धान विभागको उच्च पदमा रहेर देशका लागि योगदान दिनुभएका सिलवाल देशका धमिराहरुको सूचना निक्कै नजिकबाट बुझ्ने मध्येमा एक हुनुहुन्छ । राजनीतिक यात्राको सुरुवाल पनि सिवलावको संसदीय सक्रियता लोभलाग्दो छ । आफ्नो क्षेत्रका लागि पनि उनले पहिलो कार्यकालमा थुप्रै विषयहरुको जग निर्माण गरिसक्नु भएको छ ।

अव यसपटक व्यवस्थित तरिकाले राज्यको कार्यकारी हैसियतमा आफेनो क्षेत्रका लागि विशेष योजनाबद्ध विकाशको अभ्यास गर्ने तयारीमा हुनुहुन्छ । स्वच्छ छवी र जनातको सेवाका लागि प्रतिबद्ध एवं कुनै सामाजिक दाग नलागेका नेतृत्व नवराज सिलवाल ललितपुर १ बाट स्थानीयका लागि मात्रै होइन, देशकै लागि आवश्यक नेता हुनुहुन्छ ।