जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार ०९:२०

ओलीको घोषणा : प्रचण्ड-माधवसँग अव कहिल्यै सहकार्य हुन्न


काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग अब सहकार्य सम्भव नभएको बटमलाइन सुनाउनु भएको छ ।

चुनावपछि प्रचण्ड र नेपालसँग सहकार्य गरेर सरकार बनाउने कोशिश पनि हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले आफूले माया गरेर साथ दिएका प्रचण्ड र नेपालले आफैमाथि छुरा धसेको बताउनु भयो ।

ओलीले माओवादीले यो चुनावमा कांग्रेसले बोकिदिएका कारण १५ सिटजति जित्न सक्ने अनुमान गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपतिकतर्फ गरेर १५० सिट ल्याउने बताउनु भयो ।

अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धन मंसिर ४ को मतदानसँगै समाप्त हुने ठोकुवा पनि गर्नुभयो ।