काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूबिरुद्ध उम्मेदवारी दिएका सागर ढकाललाई प्रचार पशारमै रोक लगाउनु भएको छ ।
प्रधानमन्त्री देउवाले सत्ताको दुरुपयोग गरी ढकाललाई माइकिङसमेत गर्न नदिएको खुलासा उम्मेदवार स्वयं ढकालले गर्नुभएको हो । ढकाल देउवाबिरुद्ध प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । केही दिनअघि गृहजिल्ला हेलिकोप्टर लिएर पुग्नुभएका देउवाले ढकाललाई प्रचार प्रशार नै गर्न रोकेको ढकालले बताउनु भएको छ ।

‘मलाई जोगाइदिनुस–जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ । शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ,’ ढकालले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्