जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ०९:०५

सिन्धुपाल्चोकको कुभिण्डे मतदान केन्द्रमा झडप


सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ । पूर्वसभामुख अग्नि सापकोटाले केहीबेरअघि यसै केन्द्रबाट मतदान गर्नुभएको थियो । एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् ।

सुरक्षाकर्मी तत्काल खटाइएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । गठबन्धनका उम्मेदवार माधव सापकोटाको मतदान केन्द्र पनि यही हो ।