जनता टाइम्स

१३ पुष २०७९, बुधबार ०७:५८

जसपामा संसदीय दलको नेतामा रस्साकस्सी, राईको पक्षमा तीन जना मात्रै ?


काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह ले दाबी गर्दै आउनुभएको छ। उहाँहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी गरिएको हो ।

पार्टीका १२ जना सांसदमध्ये तीनजना मात्र राईको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा हुनुहुन्छ ।