जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १२:१३

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


काठमाडौं, २९ पुस । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजो तोलाको एक लाख दुई हजार नौ सय रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।