काठमाडौं, माघ ७ । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटबार्ता गर्नुभएको छ । शुक्रवार भएको उहाँहरुबीचको भेटबार्तामा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
उहाँहरूबीच समसमायिक मुद्दाहरूमा पनि छलफल भएको परराष्ट्र स्रोतले बतायो। राजदूत सोङले बिआरआई परियोजना र एक चीन नीतिमा मन्त्री पौड्यालको सहयोग माग्नुभएको थियो ।
राजदूत सोङले भेटबारे सामाजिक सञ्जालमार्फत खेख्नुभएको छ, ‘मैले परराष्ट्रमन्त्री सम्माननीय डा. विमला राई पौड्यालज्यूसँग भेटघाट गरेको छु। हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौं। सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्यालज्यूसँग पनि भेटेको छु ।’
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत सोङ राजनीतिक भेटघाट व्यस्त हुनुहुन्छ। उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विभिन्न मन्त्री तथा नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्