काठमाडौ, ८ माघ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताको कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्