मकवानपुर, १२ फागुन । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उहाँको मृत्यु भएको हो । सो घटनापछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भन्नुभयो, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसंग अनुरोध गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्