जनता टाइम्स

१८ फाल्गुन २०७९, बिहीबार १९:५०

नेपाली क्रिकेट टीमलाई केपी ओलीको बधाई


काठमाडौं, फागुन १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टीमलाई बधाई दिनुभएको छ ।

आज युएईमाथि जीत निकालेर यु– १९ क्रिकेटको बिश्वकपमा छनोट भएकोमा अध्यक्ष ओलीले बधाई दिनुभएको हो ।

‘हार्दिक बधाई टिम नेपाल ! युएईमाथि रोमाञ्चक जित निकालेर यु– १९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई,’ ओलीले भन्नुभएको छ ।