जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १४:३५

उपराष्ट्रपतिमा ४ उम्मेदवार : एमालेबाट अष्टलक्ष्मी, गठबन्धनबाट ममता–प्रमिला र रामसहाय मैदानमा


काठमाडौं, फागुन २७ । सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जना गरी तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन । यसअघि नै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिको लागि आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार बनेसँगै उपराष्ट्रपतिमा चार जना उम्मेदवार बनेका छन । जसमध्ये ३ जना महिला र एक पुरुष रहेका छन । एमाले उपाध्यक्ष शाक्यले उम्मेदवारी दर्ता गरेको केही समयपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिनुभएको छ ।

माओवादी र नेकपा एसका नेताहरुको साथमा पुग्नुभएका रामसहाय यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका हुनुहुनछ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहनुभएको छ ।

यस्तै प्रमिला यादवको प्रस्तावकमा प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष् हुनुहुन्छ । सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।