काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न रवि लामिछानेलाई २ करोड बुझाउनु पर्ने भन्दै घुस मागेको अडियो सार्वजनिक भएसँगै आत्महत्या अघि रविसँगै काम गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको अन्तिम भिडियोको स्मरण गराएको छ ।
रवि लामिछानेले सञ्चालन गरेको सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेका पत्रकार पुडासैनीले रविले आफ्नो मान्छेमार्फत करोडौं पैसा उठाउने र अरुलाई केही नदिने गरेको तथ्य आत्महत्याअघि खोलेका थिए । पत्रकार पुडासैनीले २०७६ साल साउन २० गते चितवनमा झुण्डिएर आत्महत्या गरेका थिए ।
चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आफू निकट मानिसमार्फत पैसा उठाउने गरेको तथ्य आफ्नो अन्तिम भिडियोमा खोलेका थिए । पुडासैनीले आफ्नो अन्तिम भिडियोमा भनेका छन, ‘रवि लामिछाने तिमिलाई पाप लाग्छ । तिमीजस्तो अधर्मी यो देशमा कोही छैन ।’

पुडासैनीले थपेका छन, ‘दुनियालाई थर्काएका छौं, लुटेका छौं, रवि लामिछाने तिमिलाई एक दिन पोल्ने छ त्यो पैसाले । मलाई महिनाको १८ हजार दिएर कराडौं कमाउने तिमीलाई यत्ति पोल्छ नि, त्यो तिमिले सोचेका पनि छैनौ ।’
पुडासैनीले आफ्नो धन्दाबारे कतै भने मारिदिने धम्की रविले दिएको पनि बताएका थिए । ‘मलाई भनिस भने मारिदिन्छु भन्थ्यौं, रविका अन्धभक्तहरुले भन्लान, रवि राम्रो मान्छे हो भनेर । तर तिमिलाई यति पोल्छ नि रवि, तिमीजस्तो भ्रष्ट, तिमीजस्तो अपराधी अरु कोही छैन ।’
रविकै अन्धभक्त रहेका र कार्यक्रममा साथ दिई पैसासमेत उठाएर बुझाउने गरेको पत्रकार पुडासैनीले बताएको चार बर्षअघिको घटना बिर्सिएको बेला रविकै निकट सांसद श्रेष्ठले पैसा मागेको बिषयले सो घटनालाई फेरि सतहमा ल्याएको हो ।
सुन्नोस पत्रकार पुडासैनीको अन्तिम भिडियो
यो पनि सुनिराख्नुस् !! मर्ने बेलामा मान्छेले झुठ बोल्दैन भन्ने कहावत छ ;)) pic.twitter.com/BOYFWC1ycc
— स्वारी ;)) (@ptkums) April 9, 2023













प्रतिक्रिया दिनुहोस्