काठमाडौं, ११ बैशाख । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।
‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भन्नुभयो , ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’ ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ’, ती अधिकारीले थपे । उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा १० ः१९ बजे यो विमान भारतको आकाशमा देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्