जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १८:१०

एमालेले बोलायो झापामा बस्ने गरी केन्द्रीय कमिटी बैठक


काठमाडौं, वैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैशाख अन्तिम साताका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

अधिकारीले यही बैशाख २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिनुभयो । झापा अध्यक्ष ओलीको गृहजिल्ला हो । बैठकले मिसन ग्रासरुट अभियानका बारेमा समीक्षासहित पार्टीको आगामी कार्ययोजना तय गर्नेछ ।