जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार ०७:००

नागरिकता विधेयकबारे राष्ट्रपतिका आठ सवाल


काठमाडौँ, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलासँग राष्ट्रपति कार्यालयमा सोमबार भएको छलफलमा आठबुँदे जिज्ञासा राख्नुभएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयकको संवैधानिक अवस्थाबारे जिज्ञासा राख्नुभएको हो । उहाँले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि आएको यो विधेयकको संवैधानिक अस्तित्व के हो रु दुई–दुई पटक सम्प्रभु संसद्बाट आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन रु भन्ने जिज्ञासा राख्नुभयो । उहाँका अनुसार यदि प्रमाणीकरण गर्न मिल्ने हो भने ब्युँताउने संवैधानिक व्यवस्था के हो रु भनेर बारका दुई अध्यक्षलाई सोध्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण नभई रहे–बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार व्रिmयाशील हुन्छ रु यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्था अन्तर्गत गर्न मिल्ने हो रु भन्ने जिज्ञासा पनि राख्नुभयो ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार यदि संविधानमा कुनै कुरा प्रस्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार के–के गर्दा हुने हो र दुई–दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो रु भन्ने जिज्ञासा राष्ट्रपतिले राख्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले विधेयक पद्धति प्रव्रिmयाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको स्वविवेक हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ रु राज्य व्यवस्थाको अवस्था र स्थिति के हुन जान्छ रु यसबारे संवैधानिक बाटो के हो रु खुलाउन भन्नुभएको छ ।”

साथै राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणमा कार्यपालिकाले विधेयक संसद्मा पेस गरिसकेपछि संसद्को विशेषाधिकार के हुने हो रु भनेर कानुन व्यवसायीसँग सोध्नुभएको छ ।

राष्ट्रपति पौडेलको जिज्ञासापछि नेपाल बारका अध्यक्ष घिमिरेले नेपाल बार एसोसिएसनको वीरगञ्ज सम्मेलनको घोषणापत्रमा विधेयक प्रमाणीकरण गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हुँदा अब व्यापक छलफल गरी राष्ट्रपतिलाई बुझाउने बताउनुभयो । त्यसैगरी सर्वोच्च बारका अध्यक्ष निरौलाले नागरिकता विधेयकको अस्तित्व नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकका रूपमा फेरि संसद्मा आएको खण्डमा मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ ।”

यसअघि आइतबार पनि राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलसहितका कानुनविद्सँग परामर्श गर्नुभएको थियो । प्रेस सल्लाहकार पोखरेलका अनुसार उहाँले मङ्गलबार पनि परामर्श जारी राख्नुहुने छ । गोरखापत्रबाट