काठमाडौँ, २७ वैशाख । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८\७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ ।
नेकपा ९एमाले० ले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आय अन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपियाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “राजनीतिक नियुक्तिका नाममा दलले पैसा लिन पाउन्न, सो दलले बुझाएको प्रतिवेदन हेर्न पाएको छैन, हेरेर थप स्पष्ट होला ।”
निर्वाचन आयोगले दलको सहजताका लागि राखेको लेखाको ढाँचामा समेत आम्दानी र खर्च अन्तर्गत राजनीतिक नियुक्ति शीर्षक छैन । आयोगको लेखा ढाँचामा आम्दानी अन्तर्गत सदस्यता शुल्क, सदस्यता नवीकरण शुल्क, चल–अचल सम्पत्ति बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यताबाट प्राप्त सहयोग रकम, आर्थिक सहयोग, नेपाल सरकारबाट प्राप्त सहयोग र अन्य आय मात्रै उल्लेख छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने व्यवस्था छ । दलबाट कुनै कागजात वा विवरण माग गरिए तोकिएको अवधिभित्र सम्बन्धित दलले आयोगलाई बुझाउनुपर्ने ऐनमा उल्लेख छ । सहसचिव भट्टराईले भन्नुभयो, “प्रतिवेदन हेरेपछि आयोगलाई शङ्का लागेमा सम्बन्धित दललाई पत्राचार गर्नेछौँ ।”
राजनीतिक दलको कोषमा ५० करोड रुपियाँसम्मको कारोबार भएको देखिन्छ । सामान्य आम्दानी गरेर जीविकोपार्जन गर्ने आमकार्यकर्ताले गर्ने एक सयदेखि पाँच सय रुपियाँसम्मको योगदानले राजनीतिक दललाई आर्थिक रूपले सबल बनाएको छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दुई ठुला दल नेपाली कांग्रेसको सात लाख ५० हजार र नेकपा ९एमाले० को करिब आठ लाख सदस्य छन् । नेकपा ९एमाले० को नियमावली, २०५७ को चौथो संशोधन, २०७८ अनुसार पार्टीको सदस्यता शुल्क वार्षिक १८० रुपियाँ छ । नेकपा ९एमाले० का करिब आठ लाख व्रिmयाशील सदस्य छन् ।
दुई किसिमका सदस्य रहने नेपाली कांग्रेसले नयाँ व्रिmयाशील सदस्य बन्न तीन सय रुपियाँ र नवीकरण गर्न वार्षिक दुई सय रुपियाँ शुल्क राखेको छ । राजनीतिक दलले बुझाएको लेखा परीक्षण प्रतिवेदनबमोजिम अधिकांश राजनीतिक दल चन्दा, कार्यकर्ताको आर्थिक सहयोग, सदस्यता तथा सदस्यता नवीकरण एवं लेभीबाट सङ्कलित आम्दानीबाट सञ्चालन भएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ठुला दलको आम्दानीको मुख्य स्रोत लेभी रहे पनि चन्दा र आर्थिक सहयोग उल्लेख्य छन् ।
नेपाली कांग्रेसले भने व्यक्तिगत चन्दा थोरै पाएको छ । उसले सो शीर्षकमा चार लाख ७७ हजार आम्दानी जनाएको छ तर आर्थिक सहयोग शीर्षकमा सो दलले छ करोड ६८ लाख २४ हजार प्राप्त भएको उल्लेख गरेको छ । १४ औँ महाधिवेशनमा चन्दा तथा प्रवेश शुल्कबाट कांग्रेसले छ करोड ६३ लाख ४७ हजार आम्दानी गरेको छ । १७ वटा बैङ्कमा खाता रहेको संसद्को ठुलो दल कांग्रेसले सदस्यताबाट सात लाख ५० हजार र आवधिक लेभीबाट दुई करोड ५८ लाख ८३ हजार छ सय प्राप्त गरेको छ । कांग्रेसको आम्दानीको ठुलो हिस्सा व्रिmयाशील सदस्यता शुल्क छ, जसबाट उसले छ करोड ९२ लाख १४ हजार ६२१ रुपियाँ आर्जन गरेको छ ।
संसद्को दोस्रो ठुलो दल नेकपा ९एमाले० ले भने पार्टी सदस्यताबाट छ करोड ८५ लाख ६३७ रुपियाँ आम्दानी गरेको छ ।
सांसदबाट उसलाई दुई करोड आठ लाख ९१ हजार १०८ रुपियाँ प्राप्त भएको छ । अन्य लेभी शीर्षकमा नेकपा ९एमाले० ले नौ करोड ६१ हजार ८२५ रुपियाँ उठाएको छ । कार्यकर्ताले सो दललाई एक करोड ७२ लाख २० हजार ६३७ रुपियाँ सहयोग गरेका छन् । १९ वटा बैङ्कमा खाता रहेको सो दलले बैङ्क ब्याजबाट ५० लाख ४१ हजार ७३६ रुपियाँ पाएको छ ।
२०७८ भदौ १ गते दर्ता भएको नेकपा ९एकीकृत समाजवादी० ले लेखा परीक्षण बुझाउनुअघिको दस महिनामै व्यक्तिगत र संस्थागत गरी पाँच करोड २५ लाख ७८ हजार ३४७ रुपियाँ आम्दानी गरेको छ । व्यक्तिगत आर्थिक सहयोगतर्फ २५ हजार रुपियाँभन्दा बढीको सहयोग शीर्षकबाट सो दलको दुई करोड २८ लाख रुपियाँ आम्दानी छ ।
नेकपा ९एस० लाई तनहुँका के। श्रेष्ठले एक करोड र नेपालगञ्जका एस। बुढाले ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । व्यक्तिगत चन्दाबाट सो दलले तीन करोड ९५ लाख ६२ हजार ५०० रुपियाँ र संस्थागत चन्दाबाट एक करोड ३० लाख १५ हजार ८४७ रुपियाँ प्राप्त गरेको छ । सदस्यता, लेभी र नवीकरण शीर्षकमा नेकपा ९एस० ले एक करोड ७८ लाख ३५ हजार ८२५ रुपियाँ आम्दानी गरेको छ ।
संसद्को तेस्रो ठुलो दल नेकपा ९माओवादी केन्द्र० ले सदस्यताबाट एक करोड ८६ लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । आवधिक लेभीबाट सो दललाई छ करोड ६५ लाख १३ हजार २१४ रुपियाँ प्राप्त भएको छ । जम्मा आम्दानी करिब नौ करोड रहेको सो दलले बैङ्क ब्याजबाट सात लाख ८६ हजार आर्जन गरेको छ । प्रकाशन बिक्रीबाट नेकपा ९माओवादी केन्द्र० ले ४१ लाख ३६ हजार चार सय रुपियाँ आम्दानी गरेको छ ।
वरिष्ठ नेताको सहयोगमा राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भने वरिष्ठ नेताको आर्थिक सहयोगको भरमा सञ्चालन भएको छ । राप्रपालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सोही दलका वरिष्ठ नेता पशुपति शमशेर राणा हुनुहुन्छ । उहाँले आर्थिक वर्ष २०७८÷७९ मा ४० लाख ५० हजार र अर्का नेता प्रकाशचन्द्र लोहनीले ३० लाख रुपियाँ सहयोग गर्नुभएको छ ।
गत वर्ष सम्पन्न सो दलको महाधिवेशनअघिसम्म अध्यक्षसमेत रहनुभएका कमल थापाले सात लाख रुपियाँ सहयोग गर्नुभएको थियो । सो दलले सव्रिmय सदस्यता शुल्कबाट ६० लाख, केन्द्रीय कार्यसमितिको लेभीबाट ४१ लाख ८० हजार तथा अन्य सहयोग शीर्षकमा ३० लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । महाधिवेशनमा उम्मेदवार मनोनयनबाट मात्रै सो दलले ५१ लाख रुपियाँ आम्दानी गरेको छ । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्