जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १७:५३

बालकृष्ण खाण समातिएपछि देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक


काठमाडौं, बैशाख २७ । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाउनु भएको छ । आफ्नै निवास धुम्बाराहीमा आज बस्ने गरी देउवाले बैठक बोलाउनु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाउनु भएको हो । खाण देउवाका बिश्वस पात्र हुन । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पत्नी आरजुको समेत नाम जोडिएको छ ।

आरजुले साडे ६ करोड लिएको अडियो बाहिर आइसकेको छ । यस प्रकरणमा कांग्रेसका थुप्रै नेता जोडिएको र खाण पक्राउ परेपछि देउवाले आज६ बजे बस्ने गरी आकस्मिक बैठक बोलाउनु भएको हो ।

बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताएको छ ।