जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार १९:१९

बालकृष्ण खाणको बचाउमा उत्रियो कांग्रेस, पदाधिकारी बैठकबाटै निकाल्यो दोषी भन्न नमिल्ने निश्कर्ष


काठमाडौं, बैशाख २८ । सत्तारुढ नेपाली कांग्रेस नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउमा उत्रिएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको बपदाधिकारी बैठकले खाणलाई दोषी भन्न नमिल्ने ठहर गर्दै बचाउमा उत्रिएको हो । सोही निश्कर्षका आधारमा कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकमा खाणको विषयमा सामान्य छलफल भएपछि तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाणले अनुसन्धानलाई सघाइरहेको र पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने निश्कर्ष निकालेको बताउनु भयो ।