काठमाडौं, ३० बैशाख । नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ ।
गत बिहिवार देखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।
शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नुभएको थियो ।
सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्