काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।
रायमाझी आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ पर्नुभएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परिसकेका छन । प्रहरीले पक्राउ परेका सवैलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । केही आरोपी भने फरार भएका छन ।
उनीहरुबिरुद्ध पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजतलास गरिरहेको छ । सरकारी वकिल कार्यालयमा म्याद थपका लागि जाँदा पूर्वमन्त्री रायमाझीले मुस्कानसहित हात उठाएर अभिवादन गर्नुभएको थियो भने उहाँको अनुहारमा पक्राउ परेपछि मनोवल खस्किएको अनुभुति देखिएको थिएन ।













प्रतिक्रिया दिनुहोस्