जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार ०७:२४

सैँतिस लाखले पाउँछन् सामाजिक सुरक्षा


काठमाडौँ, १५ जेठ । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७९\८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ ।

सरकारले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो । गत आर्थिक वर्षमा ३६ लाख दुई हजार ७०५ जनाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए ।

राष्ट्रिय योजना आयोगका अनुसार २०६८/६९ मा सङ्क्रमणकालीन अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो । आर्थिक वर्ष २०७१/७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए । गोरखापत्रबाट