काठमाडौं, २८ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासघले आज सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।













प्रतिक्रिया दिनुहोस्