काठमाडौं, जेठ २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताउनु भएको छ ।
एमाले प्रचार तथा प्रकाशन बिभागले आज पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताउनुभएको हो ।
उहाँले नेकपा एकीकृत समाजवाद का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताउनु भयो । उहाँले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्नेकुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन । नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली काँग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिष्ट पार्टीहरुका बारेमा । पुष्पकमल दाहाल प्रचण्डजी २०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ । हाम्रो पार्टी भित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ । एकतातिर एक जनामात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने होइन ।’
महासचिव पोखरेलले विकास र समृद्धिको लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । उहाँले भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्शाबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रश्तुत गर्ने बिडम्वना देखिएको बताउनु भयो ।
महासचिव पोखरेलको भनाईको सम्पादित अंश
पार्टीले ग्रासरुट जारी गरेपछि पाचौं बैठकको निर्णयहरु सार्वजनिक गरिसकेको छ । धेरै कुराहरु यसअघि नै सम्प्रेषण गरिरहेको छ । तीन वटा विशेष चुनौति छन । राजनीतिक अस्तिरता अराजकता । बहुदल आए पछि २८ वटा प्रधानमन्त्री बेहोरेका छौं । सामाजिक अराजकता, सांस्कृति मूल्यहरुमाथि विघटनको प्रक्रिया तीब्र बढेको छ । धर्मान्तरणको रुपमा अतिक्रमण भइरहेको छ । यसले नेपाली मौलिक संस्कृतिको रक्षा गर्न सक्दैन । धार्मिक अतिवादले राष्ट्रियता जोगिदैन । आर्थिक संकट छ । मुलुकलाई आर्थिक सम्मुनत कसरी गर्ने भन्ने बारे छ ।
मुलुकललाई राजनीतिक सहकार्य अपरिहार्य थियो । राष्ट्रको चुनौतिलाई समाधान गर्ने नीति तथा कार्यक्रम, बजेट आउनु पर्ने थियो । १ घन्टा ४० मिनेटको राष्ट्रपतिले समय लिएर नीति तथा कार्यक्रम लिनु भयो । नीति तथा कार्यक्रम र बजेट योजना एकातिर छ । परम्परागत ढाँचाले अघि बढ्न खोज्दा समाधान गर्न सक्दैन । समस्यालाई सम्बोधन गर्न सकेको छैन । सरकारले बजेट तथा कार्यक्रमलाई सच्याउनु पर्छ भन्दा मानेको छैन । सत्ता पक्षका केही ठूला नेताहरुको गृह जिल्लामा बजेट केन्द्रित गरिएको छ । नेकपा (एमाले) विकास र समृद्धिका लागि अपरिहार्य छ भन्ने महसुस गर्नुभयो । पहिलो भ्रमण भारत भनेर जम्बो टोली लिएर जानुभयो । भारतको चासो सम्बोधन गरियो । नेपालको समस्या ओझेलमा पर्यो । संसद भवनमा राखेको अखण्ड भारतको नक्सा राखेको उहाँले आफैले नेपालको संसदमा उभिएर व्याख्या गर्नुभयो । भारतमा त्यो प्रश्न नउठाएको । नेपालको शीर झुकेको छ । आफ्नो विषय इपीजीको कुरा ।
नेपालको हवाई मार्गको कुरामा प्रवेश गर्नुभएन । उर्जा व्यापार ठूलो उपलब्धि मान्नु भएको छ । उर्जा खपत्मा ध्यान दिनु पथ्र्यो, नेपालको जलस्रोतमा छिमेकी मुलुकको एकाधिकार गर्व गर्नुभयो । नेपालमा उर्जा खपत् गर्नुपर्ने थियो । निस्क्रिय बनेको नागरिकता विधेयकलाई राष्ट्रपतिले स्वीकृत गर्नुभयो । नागरिकता विधेयक कहिल्यै अन्र्तराष्ट्रिय सम्बन्ध हुँदैन । नागरिकता विधेयक एमालेले अघि सारेको अध्यादेश नै हो भन्ने गलत व्याख्या गरियो । वैवाहिक अंगिकृत भारतमा जुन प्रोभिजन राखिएको छ । भारतमा ७ वर्षमा मात्रै पाउँछन भने नेपालमा पनि त्यही हुनुपर्छ भनेका थिएऔं । राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण गरेर नयाँ जनादेशलाई खण्डित गर्ने काम भएको छ । संसदको छलफल गर्नुपर्छ भने विषय हो ।
नेपालमा राजनीतिक दलहरुबीच नीतिगत, कार्यक्रमका हिसाबले नयाँ भाष्य खडा गर्ने पुराना, नयाँ । कुनै राजनीतिक दल पुराना हुँदैनन । एमालेको स्थापना ७५ वर्ष भयो होला । राजनीतिक समाधान जिवन्तमा विश्वास गर्छ । उद्देश्यमा बहस, लक्ष्यमा राष्ट्रिय चुनौति समाधान, नयाँ र पुराना भाष्यमा बहस गर्न तयार छौं । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न । नियन्त्रित अराजकता सृजना गरिन्छ । राष्ट्रिय शक्ति स्पष्ट नीति तथा कार्यक्रमको आधारमा अघि नीति, उद्देश्य, गन्तव्यमा बहस गर्न तयार छौं । विकल्प खडा गर्नु पपुलिष्टहरु कहिल्यै पनि सफल भएको इतिहास छैन । नेपालको समस्या समाधानका लागि सुदृढ राजनीतिक दल स्थापित गर्नुपर्छ । बलियो राजनीतिक शक्तिका लागि धु्रवीकरणका लागि विभाजित कम्युनिस्ट पार्टीहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छौं । एमाले जबजको आलोकमा कार्यकर्ताले चाहेका नेताहरु नै नेतृत्वमा पुग्छन । उदार नीति अबलम्बन गरेका हौं । राजनीति समाधानका लागि संगठनात्मक नेकपा एमालेलाई स्थापित गर्ने । मिशन–२०८४ का लागि परिचालित गर्ने गरेका छौं । जिम्मेवारीमा नयाँ दिएका छौं ।













प्रतिक्रिया दिनुहोस्