जनता टाइम्स

३१ जेष्ठ २०८०, बुधबार १०:४३

विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती : शंकर पोखरेल


काठमाडौं, जेठ ३१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताउनु भएको छ ।

महासचिव पोखरेलले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो बताउनु भएको हो । उहाँले मधेश प्रदेशमा राजनीतिक स्थिरताका लागि जसपा नेतृत्वको सरकारलाई प्रतिपक्षी दल रहे पनि एमालेले बिश्वासको मत दिएको पनि प्रष्ट पार्नुभएको छ ।

‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा एमालेसमेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

उहाँले अहिले विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती रहेको बताउनु भयो । ‘यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ,’ महासचिव पोखरेलको भनाई छ ।