जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार ०७:४६

दाजु–बहिनी श्रेष्ठसहित ८ जुडो खेलाडी छनोट


काठमाडौं, ३२ जेठ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी बुधबार छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए ।

महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनीता बन्दी सहायता नियोग ९पाम० का उत्पादन हुन् ।