जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार १८:३८

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने


काठमाडौं, ३२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस आज सकिएको हो ।

योसँग अब जवाफी बहस हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस भोली हुनेछ । जवाफी बस भोली दिउँसो २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेले इजलासबाटै भन्नुभएको छ ।