काठमाडौँ, २० असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७८ को साबिककै व्यवस्थाअनुसार प्रकाशन गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा निर्णय नहुँदा सरोकारवाला अन्योलमा परेका थिए।
बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले एसईईको नतिजा २०७८ साल पुस ७ गते जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। सुरुमा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने र सोभन्दा कम ल्याउनेको नतिजालाई अवर्गीकृत वा ननग्रेडेड ९एनजी० लेखेर मूल प्रमाणपत्र नदिने व्यवस्था गरिएको थियो। तर सोही वर्ष फागुन १८ गते निर्देशिकामा पहिलो संशोधन गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारूपबमोजिमका पाठ्यक्रम कार्यान्वयनसँगै लागु हुनेछ भनी सच्याइएको थियो।
२०७६ सालमा लागु गरिएको पाठ्यक्रम प्रारूप अन्तर्गतको कक्षा १० को नयाँ पाठ्यक्रम चालु शैक्षिक सत्र ९२०८० साल० बाट कार्यान्वयनमा आएको हो। तसर्थ २०८० सालको एसईईबाट मात्रै ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेको नतिजा अवर्गीकृत रहने छ।
यसैबिच गत वर्षको एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम सकिएको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार प्रविष्ट गरिएका तथ्याङ्क रुजु गर्ने काम भइरहेको छ। गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्