मोरङ, असार २२ । दुई लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख घुससहित कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरेको थियो। ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
ढकाल पक्राउ परेपछि केहीबेर स्थानीयले भष्टाचारी मुर्दावाद भन्दै नारावाजीसमेत गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्