जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १२:४३

एनआईसी एसिया बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौ, १८ साउन । बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ४ लाख कित्ता सेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ । यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन पाइनेछ । यो सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । खरिद आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा पेस गर्नुपर्नेछ ।