जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १४:३६

सांसद खरिदबिक्रिमा उत्रियो गठबन्धन : कोशीमा विश्वासको मतका लागि राप्रपा सांसदलाई मन्त्री र १० करोडको अफर


काठमाडौं, भदौ २ । सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकारलाई विश्वासको मतका लागि एक सांसद बरावर १० करोड अफर गरेको खुलासा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धनबाट यस्तो अफर आएको खुलासा गर्नुभएको हो ।

सत्तापक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड रुपैयाँको अफर गरेको अध्यक्ष लिङ्देनले आज सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’ अध्यक्ष लिङदेनले लेख्नुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । थापाले विश्वासको मत लिनुअघि राप्रपा अध्यक्ष लिङ्देनले आर्थिक चलखेल भइरहेको सामाजिक सञ्जालमार्फत खुलासा गर्नुभएको हो ।