जनता टाइम्स

११ भाद्र २०८०, सोमबार ११:४७

सुनको भाउ लगातार तेस्रो दिन स्थिर, चाँदीको मूल्य भने घट्यो


काठमाडौ, ११ भदौ । सुनको भाउ लगातार तेस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।