जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १७:०४

बालिकाको मृत्यु प्रकरण र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौं, २१ भदौ । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पताल पुगेकी बालिकाको उपचार नपाई मृत्यु भएको विषयमा र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले दुवै घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकालाई रुलिङ गर्नुभएको हो ।

उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा लगिएकी बालिका रेजिशा गोपालीको पालो कुर्दाकुर्दै निधन भएको थियो भने बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।