जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार २२:०९

सुवास नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा


काठमाडौं, भदौ २६ । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज मङ्गलवार एक सूचना निकालेर यसबारेमा जानकारी दिएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।नेम्वाङको गए राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।