जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १७:५०

प्रिन्सेस कपको मुख्य प्रायोजनमा ग्रेस इन्टरनेसनल


धनगढी, ८ असोज । धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रिन्सेस कप स्कुल महिला क्रिकेट प्रतियोगितामा ग्रेस इन्टरनेसनलले मुख्य प्रायोजन गरि सहयोग गरेको छ।

काठमाडौंमा सोमबार ग्रेस इन्टरनेसनलका निर्देशक तथा सह सम्पादक अन्ड्रु पौडेल र एकेडेमीका व्यवस्थापक समुयल न्यौपानले मुख्य प्रायोजन सम्झौतामा हस्तान्तरण गरे।

आगामी डिसेम्बर ८ देखि धनगढीमा हुने प्रतियोगिताको मुख्य प्रायोजन गरेपश्चात पौडेलले ग्रासरुट क्रिकेटको विकासमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। यस्तै उनले नेपालमा क्रिकेट क्रेज एकदमै राम्रो रहेको बताउँदै यस प्रायोजनलाई ग्रेस इन्टरनेसनलले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका रुपमा लिइदिन अनुरोध गरे।

यस्तै एकेडेमीका व्यवस्थापक न्यौपाने प्रिसेन्स कप महिला क्रिकेटको ग्रासरुट विकासमा महत्वपूर्ण भएको बताउँदै प्रायोजनका लागि पौडेललाईं धन्यवाद व्यक्त गरे।

धनगढीमा हुने प्रतियोगितामा १६ स्कुलको सहभागिता रहनेछ। विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पाउँनेछन्। यस्तै प्लेयर अफ द सिरिजले २ हजार र बेस्ट ब्याटरले १ हजार नगद हात पार्ने आयोजकले जनाएको छ।

डीसीएले सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ। डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत् छन्। हाल नेपाली टोलीका इश्वरी विष्ट तथा रुवि पोदार डिसिएमै अभ्यासरत् छन्।