जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १७:३५

राष्ट्रसंघका महासचिव नेपाल आउँदै


काठमाडौं, १७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने हुनुभएको छ । २६ असोज (अक्टोबर ११) मा उहाँ नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नुहुनेछ । नेपाल भ्रमणका क्रममा उहाँले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नुहुनेछ ।

त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिनुभयो । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रचण्डको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा एन्टोनियोको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको थियो ।