जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १७:१३

बोराभित्र भेटियो महिला र पुरुषको शव


चितवन, ६ मंसिर । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।

मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।