जनता टाइम्स

१३ पुष २०८०, शुक्रबार १२:५०

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी


काठमाडौं, १३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भन्नुभयो, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।