जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १८:२९

इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा भारत


काठमाडौं, १२ माघ । भारत इङल्याण्डविरुद्धको टेस्टमा बलियो अवस्थामा रहेको छ । खेलको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डमाथि १७५ रनको अग्रता बनाएको छ । भारतले ७ विकेट गुमाउदै ४२१ रन बनाउदा दोस्रो दिनको खेल सकिएको छ ।

भारतका लागि रविन्द्र जडेजाले ८१ र अक्सर पटेलले ३१ रन बनाएर क्रिजमा रहेका छन् ।

यसअघि भारतका लागि यशश्वी जैसवालले ८०, कप्तान रोहित शर्माले २४, शुभमन गिलले २३, केएल राहुलले ८६, श्रीकर भरतले ४१, श्रेयस अय्यरले ३५ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलरटम हार्टली र जो रुटले २–२ विकेट लिएका छन् भने जयक लीच र रेहान अहमदले एक एक विकेट लिएका छन् । यसअघि यस टेस्टमा पहिला ब्याटिंग गर्दै इङल्याण्डले २४६ रन बनाएको थियो ।