काठमाडौं, १८ फागुन । रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको आरोप लगाउनुभयो ।
सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्