जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १२:४९

हुण्डी कारोबारमा संलग्न पाँचजना २१ लाखसहित बाराबाट पक्राउ


बारा, २२ फागुन । हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुई पटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो । प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फसहित कलैया उपमहानगरपालिका–४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका–७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका१ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका–१ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसन्धान गर्दा सुरु गर्यो । त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएकोसमेत बताएको छ । पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।