सर्लाही, २८ फागुन । सर्लाहीमा साईकल यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन् । घटनालगत्तै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । उहाँको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्