जनकपुर, वैशाख २५ । बालेन सरकारको आदेश पालना गर्दै स्थानीय सरकारले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीहरू लाठी बोकेर सडकमा प्रदर्शनमा उत्रिएका छन ।
क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले विरोध प्रदर्शन गरेका हुन। सुकुमवासीले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा बिरोध जनाएर प्रदर्शन गरेका हुन । उनीहरुले सरकारले ज्याद्धती गरे प्रतिकार गर्ने बताए ।













प्रतिक्रिया दिनुहोस्