सप्तरी, असार २४ । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी नरेश अधिकारीलाई जबर्जस्ती करणी र ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी तथा ठगी सम्बन्धी जाहेरी परेपछि पक्राउ गरी म्याद थपेर अनुसन्धान थालिएको छ ।सप्तरीको महादेवा गाउँपालिका २ निवासी अधिकारी केही दिनयता फरार रहनुभएको थियो ।
प्रहरीले अधिकारीलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ गरिएका अधिकारीबिरुद्ध बलात्कार र ठगीमा उजुरी रहेको छ ।
बलात्कार र ठगी आरोपमा पक्राउ गरिएका अधिकारी जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतका आफ्नै फुपूका छोरा अर्थात भाई हुन । अधिकारी पक्राउ परेपछि अध्यक्ष राउत तनावमा पर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्