काठमाडौं, चैत ३ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न रुपन्देहीको बुटवल लगिएको छ ।
सुन तस्करीको अभियोगमा हिजो शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई राति नै बुटवल लगिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवल लगिएको प्रहरीले जनाएको छ ।
सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पूर्जी जारी भएकाले उनलाई बुटवल लगेर अनुसन्धान गरिएको हो ।
दिपेश गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीका पूर्व कोषाध्यक्ष पनि हुन् । सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना काण्डमा उनीपनि जोडिएपछि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् । राई भने फरार छन् । दिपेस सुन तस्करीमा पनि संलगन रहेको तथ्य बाहिर आइसकेको छ ।
यो पनि पढनोस
उपराष्ट्रपतिपुत्र दिपेशको सहकारीले फिर्ता गर्न सकेन बचतकर्ताको पैसा













प्रतिक्रिया दिनुहोस्