जनता टाइम्स

२२ चैत्र २०८०, बिहीबार १०:०२

क्रुर पति : बैदेशिक रोजगारीबाट बिदामा आएका, चार दिनमै खुकुरी हानेर श्रीमतीको घाँटी छिनाए


झापा, चैत २२ । झापाको बाह्रदशी १ मा श्रीमानले नै श्रीमतीको क्रुरतापुर्वक हत्या गरेका छन । आज बिहान खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी ३३ बर्षकी श्रीमती ममसरी राजवंशीको हत्या गरेका हुन ।

घटनालगत्तै खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीको क्रममा ओमन गएका राजवंशी चार दिनअघि मात्र बिदामा घर आएका थिए । घर आएको चौथो दिन नै उनले श्रीमतीकै हत्या गरेका हुन ।

श्रीमती अर्कै व्यक्तिसँग लागेको जानकारी भएको भन्दै अघि बढेको बिवादले ठूलो रुप लिँदा राजवंशीले खुकुरी प्रहार गरेको आशंका प्रहरीले गरेको छ ।