जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार ०८:२५

टुरिष्ट बस कपडा तस्करीमा


काठमाडौं, असोज १२ । टुरिष्ट बसमार्फत भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले बरामद गरेको छ ।

विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट अवैध कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा राखिएको ३ हजार ७ सय ४ वटा विभिन्न रंगका रेडिमेट सर्ट भेटिएको जनाइएको छ । अवैध कपडाका मालिक को हुन् भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खानतलासी र बरामदी मुचुल्का तयार गरेर प्रहरीले थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ ।